आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

आजदेखि अन्तर बैंक एटीमएम शुल्क लाग्ने

एपी खबर २०७७ मंसिर १९, शुक्रबार (६ महिना अघि) ३५२ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक बैंकको एटीमएम कार्डबाट अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने व्यवस्था लागु गरेको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

 

यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले सामान्यतया प्रति कारोबार २५ रुपैयाँ लिने गरेका थिए । यद्यपि, केही बैंकहरुले २५ रुपैयाँभन्दा धेरै र केही बैंकले यो भन्दा कममा पनि सेवा दिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस