आज:  २०७७ माघ ९, शुक्रबार | Fri, 22, Jan, 2021
FLASH NEWS

हेटौँडामा बस दुर्घटना हुँदा एकको मृत्यु

२०७७ पौष ११, शनिबार (३ हप्ता अघि) ६४ पाठक संख्या

मकवानपुर-  हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते भएका छन् ।

 

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौलीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको बताइएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस