बैतडी : बैतडीमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाका २५ वर्षीय हेमन्त धामी रहेको प्रहरीले जनाएको छ । शनिबार मेलौली नगरपालीका-३ ठूलोखोलास्थित पाटन-पञ्चेश्वर सडक-खण्डमा बा २ क २०६ नम्बरको स्काभेटर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले दिएको जानकारीअनुसार क्रसरको मेसिन अनलोड गर्ने क्रममा स्काभेटर रोडबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु भएका धामी सोही स्काभेटरका चालक हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस