आज:  २०७७ माघ ९, शुक्रबार | Fri, 22, Jan, 2021
FLASH NEWS

बीरगंजलाई हराऊदै सिम्रौनगढ़ले जित्यो मेयर कपको उपाधि

२०७७ पौष २१, मंगलबार (२ हप्ता अघि) ३६ पाठक संख्या

 नूर आलम बादशाह

सिम्रौनगढ़ बारा मेयर कप क्रिकेट प्रतियोगिता सीजन ८ को उपाधि सिम्रौनगढ़ले जितेको छ ।

 

मंगलबार सम्पन्न फाइनल खेलमा बीरगंजलाई २ विकेटले पराजित गर्दै सिम्रौनगढ़ले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको बीरगंजले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय चार रन बनाएको थियो ।

 

एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको सिम्रौनगढ़ले १९ दशमलव एक ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाउँदै उपाधि जित्न सफल भएको हो । म्यान अफ द म्याच सिम्रौनगढ़ टीमका दिलीप “बटलर” घोषित भए ।

 

उपाधिसँगै सिम्रौनगढ़ले ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बीरगंजले रु २० हजार पुरस्कार पायो । प्रतियोगिताको म्यान अफ द सिरिज बीरगंज टीमका नसरुदीन अंसारी भए ।

 

सिम्रौनगढ़ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादव, वडा नम्बर ४ का वडा अध्यक्ष शंकर साह लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस