आज:  २०७७ माघ ९, शुक्रबार | Fri, 22, Jan, 2021
FLASH NEWS

१ माघदेखि एक बैंकको कार्ड अर्को बैंकको ‘एटिएम’ मा प्रयोग गर्दा शुल्क लाग्ने

२०७७ पौष २३, बिहिबार (२ हप्ता अघि) ४० पाठक संख्या

अब आउँदो माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

 

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निस्शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए । पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

 

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो । यसअघि अधिकतम शुल्क तोकिएको थिएन ।

 

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस