पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ चुरियामा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति राजमार्गको चुरियामाई मन्दिर उकालोमा जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार हेटौँडा-३ बस्ने अन्दाजी ४३ बर्षीय देवी लामाको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मुत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
त्यसैगरी मोटरसाइकल चालक हेटौँडा-३ लेवट बस्ने इश्वर नेपाल घाइते भएका छन् । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस तथा चालक ईलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस