आज:  २०७७ माघ ९, शुक्रबार | Fri, 22, Jan, 2021
FLASH NEWS

नेशनल प्याब्सन बारा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

२०७७ पौष २७, सोमबार (१ हप्ता अघि) ३५ पाठक संख्या

नेशनल प्याब्सन बारा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “सहजतामा मात्र हैन संकटमा पनि साथ,निजी विधालय सदैव बाल-बालिका माझ “ भन्ने मुल नारा का साथ आज जिल्ला को जितपुर सिमरा उपमहा नगरपालिका वडा न ७ जितपुर मा सम्पन्न भएको हो ।

 

आफ्नो २३औ स्थापना दिवस को अवसरमा रक्तदान कार्यक्रम गरिएको नेशनल प्याब्सन बारा का अध्यक्ष प्रभुलाल प्र कुशवाहा ले जानकारी दिनुभएको छ ।

 

सो रक्तदान कार्यक्रम मा १५महिला र ६१ पुरूष गरि ७६ जना ले रक्तदान गरेका छन् ।कार्यक्रम को प्रमुख अतिथि केन्द्रीय सचिव नारायण शर्मा ,बिशिष्ट अतिथि बारा का अध्यक्ष प्रभुलाल प्र कुशवाहा को रहेको थियो भने कार्यक्रम को सभापति रक्त दान कार्यक्रम का संयोजक सरोज चंन्द्र कार्की र संचालन केन्द्रीय सदस्य राम अघिकारी को रहेको थियो ।

 

साथै २३औ स्थापना दिवस को अवसरमा आज देशभरका नेशनल प्याब्सन अन्तरगतका सम्पूर्ण बिधालय मा ६ बजे दिपावली मनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस