आज:  २०७७ माघ ९, शुक्रबार | Fri, 22, Jan, 2021
FLASH NEWS

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाराको वृहत जिल्ला भेला कलैयामा सप्पन्न

२०७७ पौष २७, सोमबार (१ हप्ता अघि) ८६ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाराको वृहत जिल्ला भेला आज बाराको कलैयामा सप्पन्न गरेको छ । बारा, पर्सा रौतहटसाथै अन्य जिल्लाको विभिन्न क्षेत्रबाट आएका हजारौंको समर्थकले भरिएको जुलुस नगर परिक्रमा गर्दै कलैयाको पार्टी कार्यालय नजिक चिल्ड्रेन वर्ड स्कुलको प्रा∙णमा पुगी आमसभामा परिणत भएको थियो ।

 

आमसभालाई सम्बोधन गर्न नेकपाका स्थाई कमिटी सदस्यहरु तथा सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल, शहरी विकास मन्त्री प्रभु शाह, साथै पुर्व मन्त्री रघुविर महासेठ लगायत केन्दिÈय, प्रदेशीक, तथा स्थानिय जनप्रतिनिधिहरुको विषेश उपस्थिति थियोे ।
शहरी बिकास मन्त्री प्रभु शाहले प्रदेश २ को साथ नेकपाले नै दिने भन्नुभयो ।

 

उहाँले कम्युनिष्ट एकता नहुनुको विकल्प नभएको बताउनुभयो । साथै बन्द सिमा नाका आजबाटै खुलोस भनेर सिसिएमसि प्रतिनिधिलाई आग्रह गर्छु भनेर आमसभामा आशाको किरण जगाउनु भयो ।

 

पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले प्रधानमन्त्री अहिले प्रदेश २ मै केन्दिÈत हुनुहुन्छ र सम्पूर्ण विकास निमार्ण प्रदेश २ मै केन्दिÈत गरेको भन्नुभयो । साथै उहाँले आधिकारीक पार्टी हामी भएको र चुनावको तैयारीमा लाग्न आग्रह गर्नुभयो ।

 

सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पार्टी विभाजन विरु४मा मुर्दावाद र कम्युनिष्ट एकता जिन्दावाद सम्पूर्ण जनताले भन्नुपर्ने भन्नुभयो । उहाँले पार्टी भित्र भएको गुठबन्दीको विरु४मा सबैले एक जुट भएर उभ्नुपर्ने र प्रदेश २ मा नेकपा कमजोर हुन नदिने बताउनुभयो ।

 

 

राष्ट्रिय गीत, मौन धारण पछी पानसमा बत्ती बाल्दै कार्यक्रमको सरुवात गरिएको थियो । आमसभामा स्वागत गीत भोजपुरी प्रख्यात गीतकार शुनिल पन्डितले गाएका थिए भने आमसभालाई संचालन केन्द्रिय सदस्य अच्युत मैनालीले गरेका थिए । साथै आजको कार्यक्रममा विभिन्न दल परित्यागगरी नेकपा पार्टीमा प्रवेश गरेका थिए ।

 

नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम सकेर फर्किने समयमा भरत चौकमा नेबि संघ का चर्चित नेता नेजामुदिनले उप प्रधानमन्त्री ईश्वर पोख्रेल लगायतका मन्त्री लाई कालो झन्डा देखाएका छन । नेबि संघका नेता अन्सारिले मन्त्रीको गाडी अगाडी आएर कालो झणडा देखाउदै ओलि विरुद्धको नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस