आज:  २०७७ माघ ९, शुक्रबार | Fri, 22, Jan, 2021
FLASH NEWS

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट अर्को पेसी ११ माघमा

२०७७ पौष २८, मंगलबार (१ हप्ता अघि) ३१ पाठक संख्या
काठमाडौँ– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार अवैधानिक रहेको दाबीसहित परेको रिटलाई हेर्दाहेर्दैमा राखेको छ । मंगलबार हेर्न नभ्याइएपछि सो रिटका लागि ११ माघमा अर्को पेसी तोकिएको छ ।

 

मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासले ११ माघका लागि पेसी सारेको हो । मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको भन्दै अधिवक्ता लोकेन्द्रबहादुर वली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दायर गरेका थिए।

संसद् विघटनपछि सरकार काम चलाउमा परिणत भएको रिट निवेदकको दाबी छ । आज निवेदकका तर्फबाट वरिष्ठ अभिवक्ता शम्भु थापा, डा. चन्द्रकान्त ज्ञवाली र रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि १० पुसमा गरिएको मन्त्रिपरिषद् विस्तार खारेज गर्नुपर्ने रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस