आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

सप्तरीमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

२०७७ माघ ४, आईतबार (१ महिना अघि) ८६ पाठक संख्या

पूर्वपश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका वडा न. ६ स्थित अाज बिहान सुमोले रोकिएको ट्याक्टर ठोकिदाँ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

जिल्लाकाे खड्क नगरपालिका वडा न. ८ गिरधारी राईस मिल स्थित राजमार्गमा रोकी राखेको स.१ त २५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ ज २४५२ नम्बरको सुमोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तथा प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

 

सो दुर्घटनामा परी सुमोमा सवार झापा जिल्लाको शिवसतासी नगरपालिका ११ डुरामणी बस्ने मानप्रसाद लिम्बुको २५ वर्षीय छोरा रुपेश लिम्बुको मृत्यु भएको छ । दुर्घटना परी गम्भीर घाइते उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

सोही दुर्घटना परेर सुमो चालक पाँचथरको फिदिम नगरपालिका वडा न. ३ बस्ने वर्ष ३४ को टेकबहादुर दर्जी, सुमो सवार झापा गौराद नगरपालिका ४ वस्ने वर्ष ३६ को जितबहादुर श्रेष्ठ घाइते भएका छन । चालकको छिन्नमस्ता अस्पताल राजविराज र श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

यता दुर्घटनामा परेका ट्याक्टर, सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस