आज:  २०७८ बैशाख २५, शनिबार | Sat, 08, May, 2021
FLASH NEWS

आज पनि बढ्यो सुनचाँदीको मुल्य

२०७७ माघ ७, बुधबार (३ महिना अघि) १५८ पाठक संख्या

काठमाडौँ- बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

 

मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ ।

 

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैंया कायम भएको छ

प्रतिक्रिया दिनुहोस