आज:  २०७७ फागुन २५, मंगलबार | Tue, 09, Mar, 2021
FLASH NEWS

सर्लाहीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७७ माघ ८, बिहिबार (१ महिना अघि) ७८ पाठक संख्या

सर्लाही: सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

 

दुर्घटनामा परी मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

 

राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

 

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान दुर्घटना भएको हो । बस दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस