आज:  २०७७ फागुन २५, मंगलबार | Tue, 09, Mar, 2021
FLASH NEWS

ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्यो, हट्यो कोटा सिस्टम

२०७७ माघ ९, शुक्रबार (१ महिना अघि) ६२ पाठक संख्या

काठमाडौं- सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम आज (शुक्रबार)बाट खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएको हो।

 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएको छ। यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए।

 

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ।कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाइने यातायात व्यवस्था विभागका महानिर्देशक हमालले जानकारी दिए।

 

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस