काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माघ १३ देखि २८ गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले दुई चरणको संघर्ष सफलतापूर्वक सञ्चालन भइसकेकाले संसद विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष जारी राख्ने बताए ।
प्रतिक्रिया दिनुहोस