आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

२०७७ माघ २९, बिहिबार (३ हप्ता अघि) ८० पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ९२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ ३१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

 

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस