आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

पेट्रोल, डिजेल ग्यास र मट्टितेलको मुल्य बढ्यो

२०७७ माघ २९, बिहिबार (३ हप्ता अघि) ६५ पाठक संख्या

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाउने निर्णय भएको छ ।

 

योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको उनले बताए ।

 

अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस