आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

टीना मुनिमको प्रेममा पागल थिए सञ्जय दत्त, नायिकासँग अफेयरको शंकामा ऋषि कपुरलाई पिट्नसमेत पुगेका थिए

२०७७ माघ २९, बिहिबार (३ हप्ता अघि) ५६ पाठक संख्या

बलिउड नायिका टिना मुनिम ६४ वर्षको भइसकेकी छिन् । ११ फेब्रुअरी, सन् १९५७ मा मुम्बईकी एउटी गुजराती परिवारमा जन्मिएकी टिना ९ दिदी बहिनीमध्ये सबैभन्दा कान्छी हुन् । टिना वाल्यकालदेखि नै ग्ल्यामर वर्ल्डको हिस्सा बन्न चाहन्थिन् । उनलाई सुरुदेखि ने अभिनय र मोडलिङको शौक थियो । मात्र २१ वर्षको उमेरमा फिल्म ‘देस परदेस’ बाट बलिउड करियरको सुरुवात गर्ने टीनाले थुप्रै हिट फिल्ममा काम गरिन् । यद्यपि, टीन फिल्मबाहेक अन्य थुप्रै कारणले आफ्नो नीजि जीवनबारे चर्चामा रहिन् । विशेषगरी सञ्जय दत्तसँग उनको अफेयर निकै चर्चामा रहेको थियो ।

जब सञ्जय दत्तका लागि टीनाले आफ्नो करियर दाबीमा लगाइन्ः

सञ्जय दत्त र टीना मुनिम वाल्यकालका साथी थिए । दुबैले कलेजको पढाई पनि सँगै पूरा गर्नेबेला यिनीहरुबीच निकटता बढ्यो र यो प्रेममा परिणत भयो । टीना सञ्जय दत्तलाई असाध्यै माया गर्थिन् । दुबैको प्रेम बढ्दो देखेर सुनिल दत्तले रकी बनाउने सोचे र आफ्नो छोरालाई लञ्च गरे । यद्यपि, सञ्जय दत्तसँग काम गर्नका लागि टीना मुनिमले आफ्नो करियर दाउमा लगाइन् र देव आनन्दका थुप्रै फिल्ममा काम गर्न पूर्ण रुपमा अस्विकार गरिन् ।

सञ्जय दत्तको एउटा बानीका कारण छोडिदिइन् साथः

सञ्जय दत्त नशाका आदी थिए । उनी सधैंभरी नशामा रहिरहन्थे जसका कारण सोनी उनीसँग असाध्यै रिसाउँथिन् । यद्यपि, टीनले हरेक कदममा सञ्जयलाई सम्हाल्थिन् । यहाँसम्म कि सञ्जय दत्तका लागि टिनाले आफ्नो करियरसम्म दाउमा लगाइन् । टिनाले सञ्जयलाई सम्झाउन निकै कोसिस गरे तर जब उनी सुध्रिनका लागि तयार भएनन् तब उनले जीवनको सबैभन्दा मुश्किल निर्णय लिइन् । टीनले सञ्जयलाई सधैंका लागि छोडेर अमेरिका गइन् ।
टीनाले छोडेको कुरा सञ्जय दत्तले सहन सकिनन् र उनी दिन रात रक्सीको नशामा डुब्न थाले ।

टीनका लागि निकै पजेसिव थिए सञ्जय दत्तः

बलिउडमा रकी (सन् १९८१) बाट डेब्यू गरेपछि सञ्जय दत्तको पहिलो अफेयर को–स्टार टीन मुनिमसँग भयो । दुबैले फिल्ममा सँगै स्क्रिन पनि सेयर गरे र उनीहरुको अफेयरको चर्चा इन्डष्ट्रिमा साधारण हुन थाल्यो । यहाँसम्म कि टीनाका लागि सञ्जय असाध्यै पजेसिव पनि थिए ।

स्टारडस्ट म्यागजिनलाई दिएको अन्तरवार्तामा सञ्जय दत्तले भनेका थिए, ‘मैले कहिले पनि आफ्ना प्रेमिकाहरुको करियरमा बाधा पुर्याइनँ । उनीहरुको कपडामा बाहेक ।’

सञ्जय दत्तले थपे, ‘म टीनाका लागि निकै पजेसिव थिएँ । उनी मेरी मात्रै थिइन् । उनले अनस्क्रिन एक्सपोज गरेको मलाई मन पर्दैनथ्यो । म थोरै स्वार्थी छु । मलाई उनको हिट र फ्लपसँग यसकारण मात्रै मतलब थियो किनभने करियर नचल्दा उनी सायद घरमा बस्छिन् कि भन्ने लाग्थ्यो ।’

टीनासँग अफेयरको शंकामा ऋषि कपुरलाई पिट्न पुगेका थिए सञ्जय दत्तः

वास्तवमा सन् १९८१ मा रकीको रिलिज अघि सन् १९८० मा ऋषि कपुरको ‘कर्ज’ रिलिज भएको थियो । दुबै फिल्ममा टीना मुनिम नै नायिका थिइन् । सञ्जय दत्तलाई ऋषि कपुर र टीनाको अफेयर चलिरहेको छ कि भन्ने शंका लाग्यो । त्यसैले टीनाको विषयमा असाध्यै पजेसिव सञ्जुले गुल्सन ग्रोवरसँग मिलेर ऋषिलाई पिट्ने योजना बनाए । सञ्जय दत्तले नशामा ऋषि कपुरको घर तिर जाँदै थिए तब उनले बाटोमा नीतू सिंहलाई भेटे । नीतूले भनेपछि सञ्जयले आफ्नो शंका व्यक्त गरे । नीतूले टीना र ऋषि साथीमात्रै भएको र उनीहरुबीच कुनै सम्बन्ध नभएको बताइन् । नीतू सिंहले थुप्रै पटक सम्झाएपछि सञ्जय दत्तले ऋषि कपुरलाई पिट्ने आफ्नो योजना त्यागेका थिए ।

टीना मुनिमले कहिल्यै मलाई परिवारबाट टाढा राखिनन्ः सञ्जय दत्त

सञ्जय दत्त भन्छन्, ‘म भावनात्मक रुपमा असाध्यै कमजोर व्यक्ति हुँ । मेरी आमाको ममाथि एउटा बलियो असर थियो । उनको मृत्युपछि टीनाले त्यो स्थान ओगटिन् । टीनाले मेरो जीवनको थुप्रै कुराको निर्णय आफैंले लिन्थिन् । तर उनले कहिल्यै मेरो करियरबारे कुनै निर्णय लिइनन् । उनले कहिले पनि आफ्नो दुश्मनसँग काम नगर पनि भनिनन् ।’

स्टारडस्टलाई दिएको अन्तरवार्तामा सञ्जयले भनेका थिए, ‘टिनाले कहिले पनि मलाई परिवारबाट टाढा राखिनन् । जब मेरो घरमा झगडा पर्दथ्यो तब उनले मलाई घर जान सम्झाउँथिन् । टीना ती मानिसहरुमध्ये थिइन् जो गाइड गर्थिन् र सधैं पापा र बहिनी भएठाउँ जान दबाब दिन्थिन् । ’

 

प्रतिक्रिया दिनुहोस