बिहीबार दिउँसो पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी झाँक्री साँझ रिहा भएकी हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापका अनुसार झाँक्रीलाई साँझ रिहा गरिएको हो । राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई रिहा गरेको हो ।
प्रतिक्रिया दिनुहोस