आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको अन्तिम कार्यक्रम आज

एपी खबर २०७७ फागुन ३, सोमबार (४ महिना अघि) १७२ पाठक संख्या
काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज ७७ जिल्लामै विरोध प्रदर्शन गर्दैछ । कांग्रेसको यो तेस्रो चरणको अन्तिम कार्यक्रम हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको छ ।

७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना हुने विरोध प्रदर्शन गर्न लागिएको हो । सभापति शेरबहादुर देउवाले घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन आइतबार नै अपिल गरिसकेका छन् ।

 

विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको संस्थागत निर्णय गरेको कांग्रेसले यसअघि पुस १३ र २५, माघ ३, ८, १९ र २४ गते विरोध प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस