आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

गुल्मीमा जिप दुर्घटना, ३ को मृत्यु, आठ घाइते

एपी खबर २०७७ फागुन ६, बिहिबार (७ महिना अघि) २२७ पाठक संख्या

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन् ।

 

जिल्लाको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका–१४ रातामाटा पराल्मीतर्फ जाँदै गरेकोे लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटनामा परेको हो । एकराजको घटनास्थलमै मृत्यु भएको थियो भने शान्ति र गोमाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । घटनामा परी अन्य आठ जना घाइते भएका छन् । जसमध्ये पराल्मीका २२ वर्षीय भरत पोख्रेल र ३७ वर्षीय वीरबहादुर सूर्यवंशी गम्भीर घाइते छन् ।

 

उनीहरूलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ । त्यस्तै रेनपा–१४ कै ३७ वर्षीया गोमा नेपाली, ६६ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीया प्रकाश नेपाली र उनका ४ वर्षीय छोरी खुसी नेपाली मध्यम घाइते भएका छन् भने अन्य दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडकभन्दा करिब ६ सय मिटर तल खसेको थियो । घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस