आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

युभेन्ट्स पोर्टाेसँग पराजित

२०७७ फागुन ६, बिहिबार (२ हप्ता अघि) ६८ पाठक संख्या

युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग युभेन्ट्स २–१ गोल अन्तरले पराजित भएको हो ।

 

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।

 

उता, युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ।
४६ औं मिनेटमा मौसाले गोल गरेपछि घरेलु टिमले २–० को अग्रता बनायो ।

८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल फर्काए पनि पोर्टो २–१ ले विजयी भयो । दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस