आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

२४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण : तीन जनाको मृत्यु

२०७७ फागुन ६, बिहिबार (२ हप्ता अघि) ४८ पाठक संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १११ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

 

मन्त्रालयका अनुसार २४ घण्टामा ३५ सय ४१ जनानाको पीसीआर गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४२ पुरुष र ५४ महिला छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्र ४२ जना छन् । १६ महिला र २६ पुरुष गरेर उपत्यकाका ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ भने २ लाख ६९ हजार ५०५ जना डिस्चार्ज भएका छन् । १६ सय ३ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ । २१ लख ३१ ह्जार ३३० जनाको पीसीआर भएको नेपालमा अहिलो ७१ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस