आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

तेस्रो निजगढ मेयर कप फुटबलको सेमिफाईनल समीकरण पुरा,अन्तिम क्वार्टरफाईनलमा निजगढ युवा क्लव ए बिजयी

२०७७ फागुन १०, सोमबार (१ हप्ता अघि) ५८ पाठक संख्या

निजगढ। तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकारण पुरा भएकोछ । आईतबार अन्तिम क्वार्टरफाईनलको खेल सम्पन्न भएसंगै तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएकोहो ।

 

आईतबार सम्पन्न अन्तिम क्वार्टरफाईनल खेलमा बाघभैरव युवा क्लवलाई ३—१ गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लव ए प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेकोछ । निजगढ युवा क्लवको जितमा खेलको २३ औ मिनेटमा समिर कुमरले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

 

बाघभैरवमाथि निरन्तर आक्रमण गरिरहेको निजगढ युवा क्लवका समिर तामाङले ३९ औ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । १ मिनेट पश्चात नै समिर तामाङले नै गोल गर्दै टिमलाई ३—० को आवस्थामा पुर्याए । पहिलो हाफमा ३—० ले अघि रहेको निजगढ युवा क्लवले दोश्रो हाफमा पनि गोलको थुप्रै प्रयास गरेपनि सफल हुन सकेन ।

 

७६ औ मिनेटमा बाघभैरवले मैदानको मध्यभाग बाट प्राप्त गरेको फ्रिकिक मार्फत मनोज खड्काले गोल गर्दै खेलमा फर्कने संकेत दिलाएकाथिए । तर थप गोल गर्न नसक्दा खेल निजगढ युवा क्लवको पक्षमा गयो ।

 

खेलमा बाघभैरव युवा क्लवका कप्तान प्रशान्त राउतले पहेलो कार्ड पाएकाथिए । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का जन्मजय धामी भए । प्रतियोगिता अन्तर्गत सोमबारबाट सेमिफाईनलका खेलहरु हुनेछन । सोमबार हुने पहिलो सेमिफाईनलमा योङ्गस्टार युवा कलव र सिंगौल फुटबल क्लव ए बीच प्रतिस्पर्धा हुनेछ ।

 

योङ्गस्टारले पहिलो चरणमा चौतारा युवा क्लवलाई पराजित गरेकोथियो भने क्वार्टरफाईनलमा एफसी कोलगाउलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेकोहो .। तेसैगरी सिंगौल फुटबल क्लव ए ले पहिलो चरणमा शान्तीटोल युनाईटेड र क्वार्टरफाईनलमा निजगढ सिटि क्लवलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेकोहो ।

 

खेल शहिद हिरालाल रंदशालामा दिउसो २ः३० देखि शुरु हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस