आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

म्याजिक भ्यानको ठक्करबाट कलैयामा एक पुरुषको मृत्यु

२०७७ फागुन १०, सोमबार (१ हप्ता अघि) ६१ पाठक संख्या

कलैया । बाराको कलैया बिरगजं सडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । कलैया उपमहानगरपालिका ३ स्थीत अस्थाई ट्राफिक प्रहरी कार्यालय अगाडी कलैयाबाट विरगजं जाँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले विपरित दिशाबाट आउँदै गरेको ना ४ प ५१२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि प्रसौनी गाँउपालिका ५ प्रस्टोकाका निवासी अन्दाजी ४० बर्षका दुर्योधन चौधरीको ज्यान गएको हो । विहान सवा ११ बजे भएको दुर्घटनाबाट गम्भीर घाईते चौधरीलाई कलैया अस्पताल लगिएको थियो ।

 

उपचारका क्रममा उनको ज्यान गएको बारा प्रहरीले जनाएको छ । मोटरसाईकलाई ठक्करदिने म्याजिक भ्यान र सोका चालक जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस