आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

रौतहटमा मेयर कप च्याम्पियनसिप क्रिकेट प्रतियोगिता सुरु पहिलो खेलमा वडा न १ विजय

२०७७ फागुन १०, सोमबार (१ हप्ता अघि) ५५ पाठक संख्या

रौतहट । गौर नगरपालिकाको सहयोगमा रौतहट जिल्ला क्रिकेट संघ द्वारा आयोजित मेयर कप च्यामपियनसिप को आज पहिलो खेलमा गौर-१ द्वार गौर-२ ६ विकेटले पराजित भएको छ ।

 

आजको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको गौर २ ले १९.४ ओभरमा अल आउट भई ११९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौर-२ बाट राजन पटेल लेे ४६ बल खेल्दै ४४ रनको योगदान पुर्याएको थियो ।

 

लक्ष्य पछ्याउन उत्रेका गौर १ का करण शाह र रवि शाहले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गरे। यस क्रममा रवि शाहले ३५ र कारण शाहले ३३ रनको योगदान दिए। त्यपछि ब्याटिङका लागि आएका सन्नी शाह विकेट जोगाएर खेल्दै थिए तर अर्को छोरबाट आशिक शाह र रेहान जाकिरको रूपमा तेस्रो र चौथो विकेट आउट भएपछि निरज जैसवाल र सन्नी शाहले १५.४ ओभरमा जीत सुनिश्चित पारे। लक्ष्यलाई जोगाउने क्रममा वार्ड-२ को नितेश झाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।

 

आजको खेलमा ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर २ विकेट र २५ रन जीवित रहेर जितमा योगदान दिएको सन्नी शाह म्यान अफ दि म्याच बनेका छन्।

प्रतिक्रिया दिनुहोस