आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

जीतपुरमा प्रेदश सरकारको २७ लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको १० लाखको लागतमा सडक ढलान शुरु

२०७७ फागुन ११, मंगलबार (१ हप्ता अघि) ५६ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा करिब २७ लाखको लागतमा सडक ढलान शुरु भएको छ ।

पूर्वाधार विकास कार्यालय पर्साको बजेटबाट पहाडी टोलको मेन रोड देखी सशस्त्र वेश क्याम्प सम्म पुग्ने गरी सडक ढलान कार्य शुरु भएको हो । यस योजनाको जीतपुरसिमरा उपमहानगरपालिका समाज सेवी तथा जसपाका नेता घनश्याम गरिले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ७ का वर्डा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य मोहरम मंसुर, उद्योग वाणिज्य संघका महासचिव शिव जी सोनार लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो । आइतबारबाट शुरु भएको ढलान ३ महिना भित्र सम्पन्न गर्ने तैयारी भएको समितिका अध्यक्ष पुरीले जानकारी दिनुभयो ।

यसैगरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा १० लाखको लागतमा सडक ढलान शुरु भएको छ । वडा नम्बर ७ को बजेटबाट पहाडी टोलमा रहेको बलिराम जीको घरदेखि मुरारीको घरसम्म पुग्ने गरी सडक ढलान कार्य शुरु भएको हो ।

करिब ३ सय ७० घरपरिवार लभानवीत हुने यस योजनाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले शिलान्यास गर्नुभएको हो । बाटो ढलान समितिका अध्यक्ष बलिराम गुप्ताको सभाअध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य मोहरम मंसुर लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

हिजोबाट शुरु भएको ढलानलाई करिब एक हप्ता भित्र सम्पन्न गर्ने तैयारी भएको समितिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस