आज:  २०७७ फागुन २३, आईतबार | Sun, 07, Mar, 2021
FLASH NEWS

जीतपुरको ड्रिमताज होटेलमा पिजाको विक्री शुरु, यस क्षेत्रकै स्वादिष्ट पिजा भएको सेवा ग्राहीको प्रतिक्रिया

२०७७ फागुन ११, मंगलबार (१ हप्ता अघि) १६५ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको ड्रिमताज होटेलले औपचारिक रुपमा पिजा विक्री शुरु गरेको छ । राम्रो र स्वादिष्ट पिजा खानेहरुका माग अनुसार यस होटेलले मंगलबारबाट सुविधा थप गरेको छ ।

सोमबार बेलका पत्रकार सम्मेलनको आयोजना गर्दै होटेलका संचालक बिनोद गुप्ताले ड्रिमताज बिस्ट्रो एण्ड होस्टलेरीले यो सेवा शुरु गरेको जानकारी दिनुभएको छ ।
करिब एक वर्षदेखि जीतपुरमा संचालित यस होटेलले मंगलबारबाट यस भेगकै स्वादिष्ट पिजा उपलब्ध गराउने गरी विक्री शुरु गरेको गुप्ताले जानकारी गराउनुभयो ।


होटेल संचालनमा आएदेखि नै सेवाग्राहीहरु पिजाको माग गरेपनि राम्रो र स्वादिष्ट पिजाको ब्यवस्थापन नभएसम्म यो सेवा नदिएको सोचमा बस्नुभएका संचालक गुप्ताले सबै तैयार पश्चात पिजाको विक्री शुरु गरीएको जानकारी दिनुभयो ।

हाल यहाँ भेजमा पनिर चिज पिजा, मसरुम चिज पिजा, मिक्स भेज पिजाका साथै चिकेन पिजा र ननभेज मिक्स चिज पिजा उपलब्ध गराईने छ । जीतपुर र सिमरासम्म होमडेलिभरी दिदै आएको यस होटेलले पिजालाई पनि सबै माझ पु¥याउन होमडेलिभरी दिने संचालक गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस