आज:  २०७७ चैत्र २८, शनिबार | Sat, 10, Apr, 2021
FLASH NEWS

जीतपुरमा बन्न लागेको एकिकरण स्मृति उद्यानको प्रदेश प्रमुख झाद्धारा स्थलगत अवलोकन

२०७७ फागुन ११, मंगलबार (१ महिना अघि) ९७ पाठक संख्या

प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झाले आफुले यस प्रदेशमा भुमि, भावना र भविष्यको सुरक्षा बोध हुने गरी काम गर्ने बताउनुभएको छ ।

 

बाराको जीतपुर स्थित नेपाल आर्मि २८ नम्बर बाहिनी अड्डाले निर्माण गर्न लागेको एकिकरण स्मृति उद्यानको अवलोकन गर्दै उहाँले प्रदेश २ का जनताहरुलाई भुमि, भावना र भविष्यको सुरक्षा बोध हुने गरी काम गर्ने बताउनुभएको हो ।

 

आफुले जीमेवारी पाएका कार्य क्षेत्र भित्र राम्रा कुराका साथै निर्माण हुन लागेका कुराहरु बारे जानकारी लिन बाराबाट आफ्नो कार्य शुरु गर्नुभएको उहाँले प्रदेश नम्बर २ का प्रत्येक नागरिकलाई अभिभावकको आभास दिलाउने गरी अगाडी बढ्ने जानकारी दिनुभयो । एक प्रशसंगमा उहाँले आलोचना गर्नेहरुसंग आफुले प्रेम गर्ने गरेको बताउदै सुरक्षा र सुशासनमा सुधार ल्याउन सबैले प्रत्यक्ष रुपमा आफुलाई सहयोग गराउन आग्रह गर्नुभयो ।

लगभग २२ करोडको लागतमा निर्माण हुन लागेको यस एकिकरण स्मृति भवनमा नेपाल आर्मी, प्रदेश नम्बर २ र केन्द्रिय सरकारको सहयोग रहेको नेपाल आर्मि २८ नम्बर बाहिनी अड्डा जीतपुरका प्रमुख बाहिनी पति जनसन खड्काले जानकारी दिनुभएको छ । करिब २ बिगहामा बन्न लागेको यस एकिकरण स्मृति उद्यानलाई ३ ओटा प्याकेजमा निर्माण गर्न लागिएको जस अन्तरगत प्रवेसद्धार, मन्दिर, एम्पिथिएटर, परिदृश्य, मशक पेभिलियन, भोजपुरि, थारु, मुस्लिम समुदाय लगाएतले युद्धमा प्रयोग गर्ने एतिहासिक हतियारका साथै अन्य मुर्तिहरु राखिने बाहिनीपति खड्काले जानकारी दिनुभएको छ ।

 

यता पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाउनुभएको छ ।

 

लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए ।जंगलमा भएको दुर्घटनामा समयमै उद्धार हुन नसकेका उनीहरुलाई सोही बाटो बाराको जीतपुर जाँदै गरेका प्रदेश प्रमुख अहिराजले उद्धार गरेर अस्पताल पठाएका इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

 

एक कार्यक्रममा सहभागी हुन आज जीतपुर जाँदै गरेका प्रदेश प्रमुख अहिराजले मोटरसाइकल दुर्घटना भएको र घाइतेहरु छटपटाइरहेको देखेपछि स्कर्टिङमा रहेको गाडी रोक्न लगाएर उद्धारमा लागेका थिए ।घाइतेहरुलाई रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारका लागि पठाइएको प्रदेश प्रमुख अहिराजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस