एजेन्सी : च्याम्पियन्स लिग फूटबलमा साविक विजेता वायर्न म्युनिकले प्रभावशाली जित हात पारेको छ । मंगलबार राती भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा वायर्नले लाजियोमाथि ४-१ गोलको शानदार जित हात पारेको हो ।
वायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की, जमाल मुसिएला र लेरायो सानेले गोल गरे । लाजियोका फ्रान्सिस्को एकार्बीले आत्मघाती गोल गरे । जितसँगै वायर्न क्वाटरफाइनल पुग्ने निश्चित जस्तै छ । गएको सिजनमा पीएसजीलाई हराउँदै पोर्चुगलको लिस्बोनमा वायर्नले उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस