आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

सिमरा गोल्डकप अब जीतपुरसिमरा गोल्कपको नामले संचालन हुने, मेयरको पहलमा प्रतियोगीतालाई नगरको २० लाख सहयोग

प्रिती कुमारी, जीतपुर २०७७ फागुन १८, मंगलबार (६ महिना अघि) २६४ पाठक संख्या

बाराको सिमरामा संचालन हुदै आएको रुस्लान सिमरा गोल्डक कप अब जीतपुरसिमरा गोल्डकपको नाममा संचालनमा आउने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकको प्रतियोगीता संचालन गर्न २० लाख दिने निर्णय गरसंगै अब यो प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको नामले संचालनमा आउने भएको छ ।

 

पछिलो समय कोरोनाको संक्रमणका कारण प्रतियोगीता हुने नहुने दुविधा रहेको यस अवस्थामा आर्थिक सहयोगका लागि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले यस उपमहानगरपालिकाको सहयोगमा प्रतियोगीताको आयोजना गराउने निर्णय गराउन सफल हुनुभएको हो ।

 

आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामा, महासचिव शम्भु सिहं ठकुरी र नगर प्रमुख डा. कृष्ण पौडेलसंग पटक पटक भएको छलफल पश्चात कार्यपालिकाबाट नगर प्रमुखले यस प्रतियोगीतालाई नगद २० लाख सहयोग गर्ने र जीतपुरसिमरा गोल्डकपको नामले संचालन गराउने निर्णय गराउन सफल हुनुभएको छ ।

 

क्लब र उपमहानगरपालिकाबीच बार्षिक २० लाख रुपैयाँ प्रतियोगिताका लागि सहयोग गर्ने सहमति भएको आयोजक नव जनजागृति युवा क्लब सिमराका महासचिव शम्भु ठकुरीले जानकारी दिनुभएको छ । २०६६ बाट सुरु भएको प्रतियोगिताको एघारौं संस्करण चैतको अन्तिम सातादेखि गर्ने तयारी क्लबले गरेको छ । कोभिड १९ का गत वर्ष चैतका लागि तय गरिएको प्रतियोगिता स्थगित भएको थियो ।

 

‘यो बर्ष १२ औं संस्करण आयोजना हुनुपर्थ्यो, कोभिड माहामारिले प्रतियोगिताको एक संस्करण आयोजना हुन सकेन,’ क्लबका अध्यक्ष रामचन्द्र लामाले हाम्रो खेलकुदसँग भने,‘ यसपटकको लागि तयारी सुरु गरिसकेको छौं ।’ दशौ संस्करणसम्म रुस्लान भोडकाको मुख्य प्रायोजनमा चलेको प्रतियोगिता संचालनका लागि यसबर्षबाट उपमहानगरपालिकाको साथले आयोजकलाई उत्साहित बनाएको छ ।

 

यो वर्ष पुरस्कारको राशी बृद्धि गर्ने र सहभागी टोलीका विषयमा पनि छलफल अघि बढेको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस