आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

जीतपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एस.एस. पटेल २०७७ फागुन २३, आईतबार (३ महिना अघि) ३०६ पाठक संख्या

आन्तरीक राजस्व कार्यालय सिमराले बाराको जीतपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको सहकार्यमा सम्पन्न यस कार्यक्रममा जीतपुरसिमराका गरी करिब ५० जना ब्यवसायहिरुको सहभागीता रहेका थियो ।

राज्यले आफ्नो करदाताका लागि फाल्गुन मसान्त सम्मा दिएको छुटको बारेमा विभिन्न माध्यमबाट जानकरी गराइदै आएपनि करदाताको दैलो मै गएर जानकारी गराउने उद्येश्य स्वरुप आन्तरीक राजस्व कार्यालय सिमराले यस कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा व्यावसायी र आन्तरीक राजस्व कार्यालयका कर्मचारीहरु बिच खुलेर कुराकानी भएको थियो जस्मा ब्यवसायीहरुले कर तिर्न झेल्नुपरेको समस्या, व्यवसायीहरुको कर सम्बन्धी रहेको समस्याको बारेमा र कर सम्बन्धी नबुझेको कुराको विषयमा छलफल भएको थियो ।

आन्तरीक राजस्व कार्यालय सिमराका प्रमुख नारायण प्रसाद भण्डारीकोले करको बारेमा कसैले लापारवाहि नगरी करको दायरामा आउन अनुरोध गर्दै कर तिर्न आउने करदातालाई कार्यालयले सकेको जती सहयोग गर्ने बताउनुभएको थियो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण शिवजी प्रसाद साहले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस