आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस आज देशभर बिबिध कार्यक्रम गरी मनाइयो

एस.एस. पटेल २०७७ फागुन २४, सोमबार (३ महिना अघि) १६६ पाठक संख्या

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसः १११ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गरीएको हो ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

यसैगरी  बाराको सिमरामा जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक यातायातमा महिला, अपाङ्ग र जेष्ठ नागरीकको सिट आरक्षित गर्न स्टिकर टास्ने अभियान संचालनमा ल्याएको छ । १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा यस उपमहानगरपालिकाले पथलैया विरगंज चल्ने सार्वजनिक यातायातका साथै लामो दुरीको यातायातमा आरक्षीत सिट राख्ने स्टिकर टाँसेको हो । यस दिन देशैभरी विभिन्न कार्यक्रम गरेर मनाउने गरीए पनि आफुहरुले उपलब्धि मुलक मनाउन यो अभियानको शुरुवात गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबी चौधरीले जानकारी दिनुभयो । कार्यपालिकाबाट नै निर्णय गरेर नेपाल प्रहरीको सहयोगमा सोमबारबाट यो अभियानको शुरुवात गरेको र यसलाई निरन्तरता दिन आफुहरु पटक पटक अनुगमन गर्ने नगर उपप्रमुख चौधरीको भनाई छ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा महिला, अपाङ्ग तथा जेष्ठ नागरीकहरुले आफुहरुसंग दुरब्यवहार भएको घटनाको गुनासो पटक पटक आएकोले आफुहरुले पालिकाको सहयोगमा यस अभियानलाई शुरु गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवलदार मञ्जु पहाडीले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरीले महिला सुरक्षाका लागि सेफ्टिपिन कार्यक्रम संचालन गर्दै आएको र यस अभियनले पनि सेफ्टिपिन कार्यक्रमलाई सघाउन पु¥याउने जानकारी दिनुभयो ।

यस अभियानको क्रममा नगर उपप्रमुखका साथै कार्यपालिका सदस्य, नगरपालिकाका क्रमचारीले सवारी साधनमा स्टिकर टासेका थिएभने कार्यन्वयनमा ल्याउन नेपाल प्रहरीले चालक र सहचालिकका साथै यात्रुलाई जानकारी गराएका थिए ।

यसैबिच  बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा अखिल नेपाल महिला संघले १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसारमा संविधान प्रदत्त अधिकार कार्यान्वयन गरौँ मुल नाराका साथ अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको छ । कमता अधिकारीको अध्यक्षता र प्रदेश २ की प्रदेश सभासदस्य सिता गुरुङ प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश २ का प्रदेश सभासदस्य सुन्दर विश्वकर्मा, क्षेत्र बहादुर श्रेष्ठ, गिता कण्डेल, कम्लेस झा, सोभा कार्की, कुसुम ठकुरी, सरिता राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस