बारा जिल्लाको निजगढमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ । निजगढ नगरपालिका – ९ का १९ वर्षीय काले भनिने रोहित शर्माको घाँटी रेटीएको अवस्थामा उनको आफ्नै घरमा शव फेला परेको बारा प्रहरीले जनाएको छ ।
मृतक रोहित शर्मा घरमा एक्लै सुतिरहेको बेलामा धारीलो हतीयार प्रहार गरी उनको हत्या गरीएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी उपरीक्षक गौतम मिश्राले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस