आज:  २०७८ आश्विन ६, बुधबार | Wed, 22, Sep, 2021
FLASH NEWS

बारा जीतपुरसिमरा १० मा एक १४ वर्षिय बालकको शव बरामत

प्रिती कुमारी, जीतपुर २०७७ फागुन २८, शुक्रबार (६ महिना अघि) ३०६ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० एक १४ वर्षिय बालकको लास कुहिएको अवस्थामा फेला परेको छ । फेला परेको लास स्थानिय सहिद हुसेन मिया अंसारीको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानिय महिलाले उक्त लासलाई देखेर गाउँलेहरुलाई जानकारी गराएका थिए । फुलबारीको छेउमा रहेको छाईमा फालिएरको अवस्था भेटिएको लास लगभग गलिसकेको अवस्थामा रहेको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपक्षिक गौतम मिश्रले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ बस्ने अंसारी फाल्गुन ११ गतेदेखि हराएका प्रहरीमा निवेदन परेको थियो । प्रहरीले खोजतलास गर्दै आएको तर बालक फेला नपरेको र आज बरामत गरीएको शव सो बालककै हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले बालकले लगाएको कपडा र चपलबाट अंसारी नै हुन सक्ने अनुमान गरेपनि यसबारे थप अनुसन्धान नभएसम्म केहि भन्न नसकिने बाराका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

थप अनुसन्धानका लागि कुकुरको प्रयोग गरीने जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस