आज:  २०७७ चैत्र २८, शनिबार | Sat, 10, Apr, 2021
FLASH NEWS

हातीपाईले रोग नियन्त्रणका लागि बारामा चैत्र २० गते देखि औषधी खुवाउने अभियान

२०७७ चैत्र १०, मंगलबार (२ हप्ता अघि) ८० पाठक संख्या

हातीपाईले रोग नियन्त्रणका लागि बारामा चैत्र २० गते देखि औषधी खुवाउने अभियान संचालनमा ल्याउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराले कलैयामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चैत्र २० गतेबाट यो अभियान संचालनमा ल्याउने जानकारी गराएको हो ।

बारा जिल्ला हातिपाईले रोगको लागि उच्च जोखिममा रहेको भन्दै यसको नियन्त्रणका लागि अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवको भनाई छ । यस जिल्लामा आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्क अनुसार महागढिमाई नगरपालिकाको वडा नम्बर २ र ५ मा गरी १२ जना संक्रिमत फेला परेको जानकारी दिए ।

जिल्ला भरि गरीएको अनुमानित सर्भेमा १२ जनामा यो रोग देखा परेपछि रोगको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय अभियान संचालनमा ल्याएको हो । प्रायः प्रत्येक वर्ष यस रोगको नियन्त्रणका लागि राष्ट्रिय स्तरबाटै अभियनको रुपमा जुुकाका साथै हातिपाईले रोगको औषधी खुवाउने अभियान संचालन हुदै आएपनि घर–घर गएर औषधी खुवाउने समाजीक परिचालकको गल्तिका कारण अभियान प्रभावकारी हुन नसकेको प्रमुख यादबको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक स्थानिय तहको सहकार्यमा बारा जिल्लाका करिब ६ लाख भन्दा बढि ब्यक्तिलाई औषधी खुवाउन पहिलो चरणमा समाजीक परिचालकलाई प्रत्येक टोलमा पठाउन र बाकिँलाई स्वाथ्य संस्थामा आएर औषधी खुवाउने कार्यक्रम गर्ने योजना बनाएको छ ।

यो रागको संक्रमण रहेको ब्यक्तिको शरिरमा यो औषधि सेवनले केहि नकारात्मक असर नदेखाउने भएकाले त्यसबाट नडराई ढुक्क भएर औषधि सेवन गर्न स्वास्थ्य कार्यालय प्रमुख यादवले आग्रह गर्नुभयो । खास गरी पढेलेखेका जीम्मेबार ब्यक्ति नै यस औषधीको सेवन गर्नबाट डराउने र औषधी सेवन नगर्ने भएकोले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस