आज:  २०७७ चैत्र २८, शनिबार | Sat, 10, Apr, 2021
FLASH NEWS

ब्रह्माकुमारी हृदयमोहिनी गुल्जार दादी को १३ औँ दिनको पुणय तिथी पारेर श्रद्धाञ्जली कार्यक्रम

२०७७ चैत्र १०, मंगलबार (२ हप्ता अघि) १०८ पाठक संख्या

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले परम आदरणीय राजयोगिनी ब्रह्माकुमारी हृदयमोहिनी दादी (गुल्जार) को १३ औँ दिनको पुणय तिथी पारेर श्रद्धाञ्जली कार्यक्रमको अयोजना गरेको छ । प्रजापिता ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालयकी अन्तराष्ट्रिय मुख्य प्रशिक्षीका समेत रहनुभएकी दादीले शिवरात्रीको दिन देह त्याग गर्नुभएको १३ औँ पुणय तिथी पारेर यस श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

सिमरा केन्द्र संचालिका ब्रह्माकुमारी मधु दिदिको सभापति रहेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण सिमरा शाखाका प्रमुख रामु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले हृदयमोहिनी दादी (गुल्जार) को तस्विरमा मल्यार्पण गरेर श्रधान्जली ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेल, नेकपाका नेता क्षेत्रबहादुर श्रेष्ठ (अनिल), राजन पौडेल, अधिवक्ता दामोदर पौडेल, स्थानिय अगुवा हरि थपलिया, दिनेश सुबेदी, रेडियो समर्पणका कार्यकारी निर्देशक अनिल तिवारी लगायत समाजका अन्य व्यक्तिहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रममा केन्द्रकी संचालिका ब्रह्माकुमारी मधु दिदीले गुल्जार दादिले जीवन भर गरेको संस्था प्रतिको योगदानको बारेमा जानकारी गराउनुभएको थियो । विश्वको १५० राष्ट्रमा इश्वरीय सेवा फैलिएको यस सस्थाका मुखिया गुल्जार दादी को १३ औ दिनको पुन्य तिथिको उपलक्ष्यमा उपस्थित सम्पूर्ण अतिथिगणले फुलमालाद्धारा उहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

निराकार शिव परमातमाको साकार रथको माध्यम बनु भएको गुल्जार दादी अब हामी माझ नभए पनि उहाको जीवन सबैको लागि प्रेरणाको श्रोत बन्ने ब्रह्माकुमारी मधु दिदिले बताउनुभयो । ब्रहमाकुमार परमेश्वर भाईजी को सहजीकरणमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य ब्रह्माकुमारी ममता दिदीले गर्नु भएको ब्रह्माकुमार सन्तोष भाई जीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस