आज:  २०७७ चैत्र २८, शनिबार | Sat, 10, Apr, 2021
FLASH NEWS

बारामा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बिच सहकार्य हुने

२०७७ चैत्र १२, बिहिबार (२ हप्ता अघि) ८३ पाठक संख्या

चैत्र २५ गते हुने पत्रकार महासंघको निर्वाचनमा बाराबाट प्रेस चौतारी नेपाल बारा र प्रेस सेन्टर नेपाल बारा बिच सहकार्य हुने भएको छ । दुबै संगठनको बिहिवार आज बसेको बैठकले निर्वाचनमा दुबै संगठनले साझा उमेदवार उठाएर जाने निर्णय गरेको छ ।

दुबै संगठनका अध्यक्षको हस्ताक्षर सहित जारी गरीएको विज्ञप्तिमा बारामा प्रेस चौतारी नेपाल बारा र प्रेस सेन्टर नेपाल बाराको तर्फबाट गोकुल घोरासाईनेलाई अध्यक्षको उमेदवारको रुपमा अगाडी बढाउने सहमती भएको छ भने उपाध्यक्षमा प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रामबाबु मेहता र महिला उपाध्यक्षमा लक्ष्मी पाण्डेलाई उमेदवार बनाउने निर्णय भएको छ ।

पत्रकार महासंघको निर्वान नजिकिदै जाँदा यी दुबै संगठनले आफ्नो उमेदवार आधिकारीक रुपमा अगाडी बढाउने दबाब आइरहेको समयमा यो निर्णय गरेर अगाडी बढेको प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जानकारी दिनुभयो ।

बाकिँ पदका लागि थप सल्लाह गरेर अगाडी बढ्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस