आज:  २०७७ चैत्र २८, शनिबार | Sat, 10, Apr, 2021
FLASH NEWS

आइतारबाट पहिलोपटक हुने तयारी गरिएको पोखरा–सिमरा परिक्षण उडान स्थगित, वैशाख ५ गते परिक्षण उडान हुने सम्भावना

२०७७ चैत्र १५, आईतबार (१ हप्ता अघि) ६२ पाठक संख्या

आइतारबाट पहिलोपटक हुने तयारी गरिएको पोखरा–सिमरा परिक्षण उडान भिजिबिलिटी कम भएपछि स्थगित गरिएको छ । पोखरामा २ किलोमिटर मात्रै भिजिबिलिटी थियो । ठूला जहाज उडाउनका लागि कम्तिमा ५ किलोमिटर भिजिबिलिटी चाहिने भएकोले उडान स्थगित गरिएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनु भयो ।

 

बिहान ११ बजे मुख्यमन्त्री, पर्यटनमन्त्री सहितको टोली पोखराबाट सिमरा आउने र दिउँसो ३ बजे फर्कने कार्यक्रम रहेकोे थियोे । वायुमण्डलमा धूलो र खरानी मिसिएर बनेको हेगले हावाको पारदर्शिता घटाएकाले पोखरा–सिमरा उडान हुन स्थगित गरिएको विमानस्थलका प्रमुख गौतमले बताउनुभयो । अब आउँदो वैशाख ५ गते परिक्षण उडान गर्ने भन्नेबारेमा सरसल्लाह भइरहेको गौतमले जानकारी दिनुभयो ।

 

यता पोखरा–सिमरा परिक्षण उडान कार्यक्रममा सहभागीहरुले उडान नहुने भएपछि होली मिलन कार्यक्रम गरी मनाउनुभएको छ ।

 

सिमरा स्थित होटेल क्लासिक प्लाजामा आयोजीत होली मिलन कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, शोभा लामा, जीतपुरसिमरा उपमहनगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, निजगढका नगर प्रमुख सुरेश खनाल, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबी चौधरी, नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह लगाएको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा मटका फोडेर रमाइलो गर्नुका साथै सबैलाई अतिथीहरुले होलीको शुभकामना दिदैँ विभिन्न किसिमको रङ्गका साथै फुलमाला लगाएर स्वागत गरिएको थियो । कार्यक्रमको सहजकिरण होटेल ब्यवसायी संघ सिमराका अध्यक्ष मोहन शार्मा लामिछानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस