आज:  २०७८ बैशाख २५, शनिबार | Sat, 08, May, 2021
FLASH NEWS

जीतपुरसिमरा गोल्डकपको ११ औं संस्करणको तयारी पुरा

२०७७ चैत्र २९, आईतबार (३ हप्ता अघि) ११५ पाठक संख्या

जीतपुरसिमरा गोल्डकप फुटवल प्रतियोगिताको ११ औं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले आईतवार साझ पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सबै तैयारी पुरा भएको जानकारी गराएको छ ।

चैत्र ३१ गते मंगलवारबाट शुरुहुने यो प्रतियोगीता सिमरा रंगशालामा आगामी बैशाख ११ गतेसम्म संचालन हुने छ । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा नेपाली र विदेशी टिमको सहभागीता रहने आयोजक नव जन जागृति युवा क्लवका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभएको छ ।

नेपालका विभागिय टोली त्रिभुवन आर्मी फुटवल क्लव, सशस्त्र प्रहरी वल (एपिएफ), हिमालयन शेर्पा, संकटा क्लव लगायतका राष्ट्रिय एवं अफ्रिकन रुटस एसोसेशन क्यामरुन लगायतका टीमको सहभागिता रहने आयोजकले जनाएको छ ।

पहिलो पटक डे नाईट खेल हुन गइरहेको सिमरा गोल्डकपका लागि मैदानको स्तरोन्नती, फ्रड लाईट जडान तथा अन्य व्यवस्थापकिय सवै तयारी सकिएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।

विश्वकर्मा सिमेन्टको मुख्य प्रायोजनमा आयोजना हुन लागेको यस प्रतियोगितामा बिजेता टीमले नगद ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद्पुरस्कार पाउने छन् । यस अघिको संस्करणमा विजेताले ६लाख र उपविजेताले ३ लाख प्राप्त गरेका थिए ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस