आज:  २०७८ श्रावण १३, बुधबार | Wed, 28, Jul, 2021
FLASH NEWS

आर्मीसंग वीरगञ्ज पराजीत

एपी खबर २०७८ बैशाख १, बुधबार (३ महिना अघि) १६८ पाठक संख्या

सिमरामा जारी ११औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत बुधवार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी फूटवल क्लब विजयी भएको छ । वीरगञ्ज युनाईटेड क्लबलाई ४–१ ले पराजीत गर्दै आर्मीले क्वाटरफाईनलमा स्थान सुरक्षित बनाएको हो । आर्मीलाई जीत दिलाउन जर्ज प्रिन्स कार्की एक्लैले दुई गोल गर्दा सन्तोष केसी र सुसान्त चौधरीको नाममा एक÷एक दर्ता भयो । वीरगञ्जका लागि चतुर्धन चौधरीले एक गोल गरे ।

सुरुुवाती समयदेखी नै वीरगञ्जलाई दवावमाा राखेको आर्मीले खेलको २४औँ मिनेटमा सन्तोष केसीले टिमलाई अग्रता दिलाएका थिए । वीरगञ्ज युनाईटेडको फितलो रक्षापंक्तीको फाईदा उठाउँदै आर्मीले लगातार गोलको वर्षा ग¥यो । खेलको ४१औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले ब्यक्तिगत पहिलो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । वीरगञ्जका खेलाडीले फल गरेपछी पाएको फ्रि किकको सदुपयोग गर्दै उनले बललाई सजिलै जाली चुमाए ।

पहिलो हाफमा निकै दवावमा परेको वीरगञ्जले इन्जुरी समयमा थप एक गोल खान पुग्यो । चार मिनेट थपिएको ईन्जुरी समयको दोस्रो मिनेटमा सुसान्त चौधरीले थप एक गोल गर्दै खेल ३–० को स्थितीमा पु¥याए ।

स्टार खेलाडिबिनै मैदान उत्रिएको आर्मीले खेलमा राम्रो प्रदर्शन ग¥यो । एकपछी अर्को अग्रता आर्मीका जर्ज प्रिन्स कार्कीले ४८औँ मिनेटमा ब्यक्तीगत दोस्रो गोल गर्दै गोल अन्तर फराकिलो पारेका थिए । खेलको म्यान अफ दि म्याच समेत बनेका कार्कीले डि बक्स भित्रैबाट गरेको प्रहारलाई सहजै गोलमा परिणत गरिदिए ।

पहिलो हाफमा निकै दवावमा परेको वीरगञ्ज दोस्रो हाफमा भने लयमा फर्किएको थियो । फलस्वरुप खेलको ६१ मिनेटमा एक गोल फर्कायो । चतुर्धन चौधरीले डि बक्स भित्र पाएको बलको सदुपयोग गर्दै टिमलाई सान्त्वना गोल दिलाएका थिए । त्यसअघी पाएका थुप्रै राम्रा प्रायासको सदुपयोग गर्न नसक्दा वीरगन्जले आर्मीसामु लज्जास्पद हार बेहोर्नुप¥यो ।

प्रतियोगीता अन्तर्गत विहिबार भरतपुर एफसी चितवन र वागमती युवा क्लब सुर्लाहीबीच खेल हुनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस