आज:  २०७८ बैशाख २५, शनिबार | Sat, 08, May, 2021
FLASH NEWS

जनशक्ति नभएता पनि जनतालाई सुरक्षताको प्रत्याभुती दिलाउन सफल : प्रहरी अतिरिक्त महानिरिक्षक शाही

२०७८ बैशाख ३, शुक्रबार (३ हप्ता अघि) ६७ पाठक संख्या

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक निरज बहादुर शाहीले प्रयाप्त जनशक्ति नभएता पनि आफुहरुले जनतालाई सुरक्षताको प्रत्याभुती दिलाउन सफल भएको बताउनुभएको छ । ईलाका प्रहरी कार्यालय सिमरा बाराको नव निर्मित भवनको समुदघाटन गर्दै उहाँले प्रदेश नम्बर २ मा ३० प्रतिशत र अन्य प्रदेशमा ४५ प्रतिशतसम्म जनशक्ति कम भएपनि नेपाल प्रहरीले सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाकिँ नराखेको बताउनुभएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रहरी अतिरिक्त महानिरिक्षक शाहीले प्रहरी भर्ना अभियान करिब एक वर्षदेखि हुन नसकेको र अब चाँडौ हुने विष्वास ब्यक्त गर्दै सामुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरीलाई जनतामा गएर काम गर्न सहजता प्रदान गरेको जानकारी दिनुभयो ।

 

२०७६ जेष्ठ ६ गतेबाट निर्माण कार्य शुरु भएको यस भवनको शुक्रवार औपचारिक कार्यक्रमका बिच समुदघाटन गररीएको छ । करिब ८ करोडको लागतमा निर्माण सम्पन्न भएको यस भवनमा थुनिवा कोठा समेत भएको १५ कोठे कार्यालय भवन, १० कोटा भएको आवास सहितका ब्यारेक रहेका छन् ।

 

कर्याक्रममा जीपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती देबि चौधरी, बाराका प्रमुख जील्ला अधिकारी सुरेन्द्र पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस