आज:  २०७८ बैशाख २५, शनिबार | Sat, 08, May, 2021
FLASH NEWS

सुदुरपश्चिम ११ धनगढीलाई पराजित गर्दै हेटौंडा क्वाटरफाइनलमा

२०७८ बैशाख ३, शुक्रबार (३ हप्ता अघि) ७८ पाठक संख्या

सुदुरपश्चिम ११ धनगढीलाई पराजित गर्दै विजय युथ क्लब हेटौंडाले विश्वकर्मा सिमेन्ट ११औं जीतपुरसिमरा गोल्डकपमा क्वाटर फाइनल यात्रा तय गरेको छ ।

सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २Ð० को जित निकाल्दै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ हेटौंडाले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

हेटौंडाको जितमा नवराज नवराज गुरुङ र विकास लामाले समान एक÷एक गोल गरे । खेलको १६ औं मिनटमा नवराजको गोलबाट अग्रता लिएको हेटौंडा विरुद्ध खेलमा फर्कन संघर्ष गरेको सुदुरपश्चिमले आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन बाध्य भयो ।

मध्यम खेल प्रदर्शन गरेको हेटौंडाले ७५ औँ मिनेटमा विकास लामाको गोलबाट अग्रता दोव्वर पा¥यो । सुदुरपश्चिमका सुनील धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई लडाएपछि पाएको फ्रिकिक बललाई विकासले गोलमा परिणत गरे । करिब २५ यार्ड टाढाबाट हानेको फ्रिकिकलाई विकासले सिधै गोलमा परिणत गरेका थिए ।

सुदुरपश्चिमले खेलमा केहि आकर्षक अवसर बनाएपनि गोल गर्न सकेन । खेलको १८ औं मिनटमा विनोद केसीले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार हेटौंडाका गोल रक्षक अशोक बरालले बचाउ गरे । खेलको ३६औं मिनटमा सुदुरपश्चिमले बराबरी गोल गर्ने अर्को अवसर गुमायो । सुनील धामीको क्रसमा शक्ति राइले डिबक्स बाहिरबाट हानेको प्रहार हेटौंडाका गोलरक्षकले बचाए । खेलको ८८औं मिनटमा सुदुरपश्चिमका विनोद केसीको क्रसबल शक्ति राईले डिबक्स भित्र सम्हाल्न नसक्दा अन्तिम समयमा गोल गर्ने अवसर चुक्यो ।

खेलको म्यान अफ दि म्याच हेटौंडाका नवराज गुरुङ घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिवार हिमालयन शेर्पा क्लब र आयोजक नवजनजागृती सिमरा भिड्दैछन । हिमालयन शेर्पाले सिधै क्वाटर फाइनल खेल्दैछ भने आयोजकले उद्घाटन खेलमा मकवानपुरको वागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस