आज:  २०७८ बैशाख २५, शनिबार | Sat, 08, May, 2021
FLASH NEWS

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई सिभिल बैँकद्धारा कम्प्युटर सहयोग

२०७८ बैशाख १६, बिहिबार (१ हप्ता अघि) १५६ पाठक संख्या

सिभिल बैँक शाखा कार्यालय जीतपुरले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई एक थान कम्प्युटर सेट सहयोग गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको यस बैँकको शाखाले आफ्नो समाजीक उतरदायीत्व पुरा गर्ने उद्धेश्य स्वरुप संघलाई यो सहयोग गरेको हो ।

 

हाल आफ्नै निजी भवनमा कार्यालय संचालन गरेको यस उद्योग वाणिज्य संघलाई कार्यालय संचालन गर्न सहज हुने गरी यो सहयोग हस्तान्तरण गरेको सिभिल बैँकका प्रदेश नम्बर २ का प्रदेश प्रमुख विश्वासराज अर्यालले जानकार दिनुभयो ।

 

ब्यवसाय र ब्यवसायीलाई अगाडी बढाउने आफुहरुको लक्ष्य रहेको बताउदै उहाँले जीतपुरसिमरा नगर उद्योगवाणिज्य संघले बैँक र ब्यवसायीको बिचको समबन्धलाई राम्रो बनाउन सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

यसैगरी कार्यक्रममा जीतपुरसिमरा नगर उद्योगवाणिज्य संघका अध्यक्ष संजय साहले कतिपय बैँकले ब्यवसायीहरुसंगको सम्बन्धलाई चिस्याउने काम गरेप्रति संघ चिन्तीत रहेपनि सिभिल बैँकले गरेको यस कार्यका साथै ब्यवसायीसंघ साकारात्म सम्बन्धको प्रशन्सा गर्नुभएको थियो ।

 

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष घन्श्याम गिरी, महासचिव शिवजी साह सोनार, सिभिल बैँक जितपुर शाखाका ब्रान्च म्यानेजर अजितकुमार मल्लीक, अपरेशन ईन्चार्ज रुपेश ठाकुर, कर्जा विभागका अरुण कुमार साह लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस