आज:  २०७८ बैशाख २५, शनिबार | Sat, 08, May, 2021
FLASH NEWS

बारामा पछिलो २४ घण्टामा थप ११ जनमा कोरोना संक्रमण पुष्टि, जील्लामा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ सय ६९ पुग्यो

२०७८ बैशाख २०, सोमबार (५ दिन अघि) ४७ पाठक संख्या

बारामा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा वृद्धि हुँदै गएको छ । जील्लामा पछिलो २४ घण्टामा थप ११ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पर्साको नारायणी अस्पतालमा हिजो संकलन गरिएको १९२ वटा स्वाब नमूनाको परीक्षण गर्दा बाराका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ सय ६९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

 

हिजो वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा जिल्लामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । संक्रमित मध्ये अधिकांश घरमै रहेका छन्। ३७ जना मात्रै अस्पताल भर्ना भएका बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

 

‘जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तहले आइसोलेशन नबनाएको र कलैया अस्पतालमा पनि हालसम्म स्रक्रमितहरुको उपचार नभएको भन्दै उहाँले अधिकांश संक्रमितहरु होम आइसोलेशनमा बसेको जानकारी दिनुभयो । कोरोना संक्रमणको दोस्रो चरणमा हालसम्म बारामा ३ जना महिला र ४ पुरुष गरि ७ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस