आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

बारामा तत्काल निषेधाज्ञा नहुने

प्रिती कुमारी, जीतपुर २०७८ बैशाख २१, मंगलबार (१ महिना अघि) ३११ पाठक संख्या

बारामा तत्काल निषेधाज्ञा नहुने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । त्यस्तै बैठकले सदरमुकाम कलैयामा रहेकोे हाटबजारलाई कलैया उपमहानगरपालिका वडा नम्बर ६ खसी बजारमा सार्ने निर्णय गरेको छ ।

 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल , कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, जीतपुरसिमरा उपमहानगरपािलकाका नगर प्रमुख डा . कृष्ण पौडेल सहित १६ ओटै स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले जिल्लामा अत्यावश्यक सेवा बाहेकका सवारीसाधनलाई चल्न नदिने निर्णय गरेको छ ।

 

आज सम्म यस जील्लामा ३ सय ९३ जना कोरोना संक्रमित रहेका छन् भने १० जनाको मृत्यृ भईसकेको छ जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस