आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

बारामा वैशाख २३ गते बिहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा

प्रिती कुमारी, जीतपुर २०७८ बैशाख २२, बुधबार (१ महिना अघि) २२८ पाठक संख्या

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बारामा वैशाख २३ गते बिहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितका लागि निषेधाज्ञा जारी गरीएको छ ।

 

मंगलबार २१ गते बाराका प्रमुख जील्ला अधिकारी सुरेन्द्र पौडेलबाट जारी गरीएको निषेधाज्ञा आदेशमा वैशाख २३ गते साँझ ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको जनाइएको छ ।

 

निषेधाज्ञा आदेशमा अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री गर्ने बाहेकका पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्ने उल्लेख गरीएको छ ।

 

यसैगरी हाट बजार, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यक्रम गर्न नपाइने, दैनिक उपभोग्य बस्तु बिक्रिका लागी सम्बन्धित स्थानीय तहले निर्धारण गरेको स्थानमा भौतिक दुरी कायम गरी बिक्री गर्ने, खानेपानी, विद्युत, अस्पताल, जनस्वास्थ्य, हुलाक, टेलीकम, वित्तीय संस्था बाहेकको सार्वजनिक सेवा प्रवाह सञ्चालन नगर्ने निषेधाज्ञामा उल्लेख छ ।

 

त्यस्तै उद्योग प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था जस्ता सार्वजनिक निकायमा काम गर्ने कर्मचारी कामदारहरुले परिचय पत्रसहित आवत जावत गर्न दिने, उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारी, कामदारहरुलाई उद्योग प्रतिष्ठान परिसरमै क्वारेन्टिन राखी उत्पादन कार्यमा लगाउनुपर्ने आदेशमा भनिएको छ ।

 

यसैगरी वैशाख २३ गते बाट सार्वजनिक यात्रुवाहक तथा निजी सवारी साधन सञ्चालनमा पुर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका मापदण्ड अपनाई मात्र निस्कन निर्देश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस