आज:  २०७८ अषाढ ९, बुधबार | Wed, 23, Jun, 2021
FLASH NEWS

माओवादीद्वारा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र आज बुझाउँदै

एपी खबर २०७८ बैशाख २२, बुधबार (१ महिना अघि) १२४ पाठक संख्या

माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ ।

 

पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।

 

हिजो बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र आज बुझाउन लागिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस