आज:  २०७८ श्रावण २०, बुधबार | Wed, 04, Aug, 2021
FLASH NEWS

बारामा १५ दिन भित्र ४४.१३ क्युफिट काठ सहित तस्करीमा संलग्न ४ पक्राउ

प्रिती कुमारी, जीतपुर २०७८ बैशाख २८, मंगलबार (२ महिना अघि) ११९ पाठक संख्या

डिभिजन बन कार्यालय सिमरा बाराले १५ दिन भित्रमा ४४.१३ क्युफिट काठ सहित तस्करीमा संलग्न ४ जनलाई पक्राउ गरेको छ । लकडाउनको मौका छोपी बनमा तस्करीको घटना बढ्न सक्ने सम्भावनालाई लिएर डिभिजन बन कार्यालय सिमरा बाराले गस्ति बढाएपछि यी तस्कर सहित काठ बरामत गरिएको कार्यालयले जनाएको छ ।

 

कार्यालयले बैशाख १७ गते राती ३ बजे काठ तस्करी गर्दै गरेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नम्बर २ पकडी बस्ने वर्ष ४५ का बाबुलाल महरा चमारलाई १२.५८ क्युफिट काठ सहित पक्राउ गरीएको डिभिजन बन कार्यालय सिमरा बाराका प्रमुख मंजुर अहमतले जानकारी दिनुभएको छ ।

 

यसैगरी बैशाख २२ गते साझ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवा बस्ने लालबहादुर तामाङ्गलाई ९.६३ क्युफिटको २ थान सालको गोलाई साईकलमा तस्करी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको र बैशाख २८ गते राती करैयामाई गाउपालिका वडा नम्बर १ बस्ने तबारक मिया र कलैया उपमहानगरपालिका वडा नम्बर २२ बस्ने अख्तरमिया अंसारीलाई २१.९२ क्युफिट काठ सहित पक्राउ गर्न सफल भएको कार्यालय प्रमुख अमदले जानकारी दिनुभयो ।

 

गस्तिको समयमा पक्राउ परेकाहरुले तस्करीमा प्रयोग गरेको ९ थान साईकल, २ थान बन्चरो र रुख काटन प्रयोग गरिने २ थान आरा समेत बरामत गरेको कार्यालयले जानकारी दिएको छ । भने पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि डिभिजन बन कार्यालय सिमरा बारामा राखिएको अनुसन्धान अधिकृत भुषण रामले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस