आज:  २०७८ श्रावण १९, मंगलबार | Tue, 03, Aug, 2021
FLASH NEWS

पर्सा प्रहरीद्धारा चोरीको मोटरसाईकल सहित एक पक्राउ

प्रिती कुमारी, जीतपुर २०७८ बैशाख २८, मंगलबार (२ महिना अघि) १३२ पाठक संख्या

पर्सा प्रहरीले वीरगंज महानगरपालिका ३१ बाट चोरीको मोटरसाइकल सहित एक युवकलाई पक्राउ गरेको छ ।

 

महानगरपालिकाको वडा नम्बर ३१ भेडैयाखोलाको पुलबाट सवारी चेकजांचको क्रममा चोरीको मोटरसाइकल सहित बहुदरमाई नगरपालिका ४ का २३ वर्षिय नसिर अन्सारीलाई पक्राउ गरेको हो ।

 

बीरगञ्ज महानगरपालिका ३१ वेल्वा बस्ने सुरेन्द्र यादवको ना।१९ प ४०२२ नम्बरको सेतो कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल घरबाट अन्सारीले चोरेर लगिरहेको क्रममा मिलनचोक प्रहरी चौकीबाट खटिएको टोलीले सवारी चेकजांचको क्रममा पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएको छ ।

 

निज अन्सारीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस