आज:  २०७८ श्रावण १७, आईतबार | Sun, 01, Aug, 2021
FLASH NEWS

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. पौडेलले चाढ्ने गाडी बन्यो एम्बुलेन्स

प्रिती कुमारी, जीतपुर २०७८ जेष्ठ ४, मंगलबार (२ महिना अघि) ९४ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले आफु चाढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ । नगरबासिको स्वास्थयलाई ध्यानदिदै नगर प्रमुख पौडेलले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको हो ।

ना १ झ १६१९ नम्बरको गाडीलाई एम्बुलेन्स बनाईएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । यसअघि उपमहानगरपालिकामा रहेको मेयर, उप मेयर र प्रमुख प्रशासकीय अधिकृतको तिन वटै गाडीलाई एम्बुलेन्स बनाउनुपर्ने भन्दै नगरबासिले माग गरेका थिए ।

नगर प्रमुख डा. पौडेलले हाललाई एउटा गाडीलाई एम्बुलेन्स बनाईएको भन्दै आवश्यक्ता परे अन्यलाई पनि बनाईने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस